Publications

जैविक विविधता र जनजीविका

जैविक विविधता र जनजीविका

प्रथम संस्करण : २०६५

सम्पादक : हरिप्रसाद ढुङ्गाना, शरद घिमिरे र जगन्नाथ अधिकारी

प्रकाशक : मार्टिन चौतारी, काठमाडौं, नेपाल
पृष्ठ : ३९५
आइएसबीएन : ९७८-९९३७-८०९४-७-४

मूल्य : २५०

अहिले जैविक विविधताको विषय प्राज्ञिक चासो, वातावरणीय मुद्दा र संरक्षणको विषयवस्तु मात्र रहेन । यो धेरै किसिमका व्यक्ति, समूह र निकायका सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणीय सम्बन्ध र स्वार्थहरू जोडिएको एक महत्वपूर्ण तर जटिल विषय बनेको छ । तसर्थ यस पुस्तकमा जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा उपयोगको सामाजिक–सांस्कृतिक आयामहरू, नेपालमा यससम्बन्धमा भएका प्रयास तथा व्यावहारिक अनुभवका अतिरिक्त नयाँ चुनौतीहरू समेत समेटिएको छ । जैविक विविधताको मानवीय पाटोका विषयवस्तु र यसको जनजीविकासँगको अन्तरसम्बन्ध यस पुस्तकको मुख्य विषय हो ।
जैविक विविधताको अर्थ र महत्व, यससम्बन्धी विश्वव्यापीरूपमा भएका समकालीन बहस र विश्लेषण, नेपालको जैविक विविधताको लेखाजोखा तथा यसको संरक्षण प्रयास र अनुभवसम्बन्धी जानकारी प्राप्त गर्न यो पुस्तक सहायकसिद्ध हुनेछ । पुस्तक जैविक विविधताबारे अध्ययन गर्ने विधार्थी, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा कृषक, स्थानीय समुदायलगायत सम्पूर्ण सरोकारवालालाई सहयोगी हुनेछ ।